बालुवाटार पुगेर दाहालले दिए प्रधानमन्त्री देउवालाई बधाई



नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापति पदमा निर्वाचित हुनुभएकामा प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बधाई तथा शुभकामना दिनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटार पुगेर अध्यक्ष दाहालले महाधिवेशनबाट निर्वाचित सभापति देउवासहित सम्पूर्ण पदाधिकारीलाई बधाई तथा शुभकामना दिनुभएको हो । भेटका अवसरमा उहाँहरुबीच चालू संसद्लाई नियमित सञ्चालन गर्नेलगायतका समसामयिक विषयमा सर्वदलीय बैठक बोलाउनेबारे छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । सो अवसरमा अध्यक्ष दाहालले क्रिकेट खेलाडीमाथि गरिएको भनिएको कारवाहीका बारेमा पनि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराउनुभएको थियो ।

प्रकाशित मिति : पुस २, २०७८ शुक्रबार  ३ : २४ बजे