राष्ट्रिय सभा बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित



नेकपा एमालेका सांसदहरुको विरोधपछि राष्ट्रिय सभा बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ । बैठक सुरु भएलगत्तै एमालेका सांसदहरु आसनबाट उठेर उभिएर विरोध गरेका थिए ।नेकपा एमालेले गत भदौ २३ यता लगातार संघीय संसदका दुवै सदन अवरोध गर्दै आएको छ। आसन ग्रहण गर्न आग्रह गरेपनि उनीहरु नबसेपछि कार्यसुची हटाएको जानकारी गराउँदै बैठक स्थगित भएको घोषणा गरेका छन् ।

प्रकाशित मिति : पुस ५, २०७८ सोमबार  १ : २३ बजे