कांग्रेस केन्द्रीय सदस्यमा तीन डाक्टर इन, ६ आउट



कांग्रेसको १४औँ महाधिवेशनमा भएको खुलातर्फ ३५ जना केन्द्रीय सदस्य निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ । जसमा तीन जना डाक्टर निर्वाचित भएका छन् ।केन्द्रीय सदस्यमा निर्वाचित तीन डाक्टरमा डा। शशांक कोइराला, प्रा.डा. गोविन्दराज पोखरेल र डा। रामशरण महत छन् । कोइरालाले पपुलर मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । उनले ३८३६ मत ल्याएका हुन् ।

३५ सदस्यका लागि भएको निर्वाचनमा तीन जना डाक्टर निर्वाचित हुँदा ६ जना डाक्टर भने पराजित भए । पराजित हुनेमा प्रा:डा. तिर्थराज खनियाँ, डा. सुरेशचन्द्र चालिसे, डा. टिएन योगी, डा.रामशरण थपलिया, डा. सुरेश मल्ल र डा. मुकेशराज काफ्ले रहेका छन् ।

 

प्रकाशित मिति : पुस ५, २०७८ सोमबार  ३ : ०७ बजे