१४औँ महाधिवेशनअन्तर्गत कांग्रेसका नौ महिला केन्द्रीय सदस्य निर्वाचित भएका छन् । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार सोमबार महिला खुला तर्फको मतपरिणामबाट उनीहरू निर्वाचित भएका हुन् ।
मतपरिणामअनुसार डिला संग्रौला २,८८५, पुष्पा भुसाल २,७१८, आरजु राणा २,५३६ अम्बिका बस्नेत २,३३९, ईश्वरी न्यौपाने २,२५९, सरिता प्रसाईं २,०९६ रमा कोइराला पौडेल १,८५८, सुशीला ढकाल आचार्य १,८०४ र रंगमती शाही १,७८९ मत ल्याएर निर्वाचित भएका हुन् । प्रसाईंबाहेक अरू सबै सभापति शेरबहादुर देउवा समूहका हुन् । यससँगै कांग्रेस कार्यसमितिमा पुग्ने महिलाको संख्या ११ पुगेको छ ।









