नेपाली कांग्रेस प्रदेश नं २ को नयाँ नेतृत्वका लागि मतदान हुँदै



नेपाली कांग्रेस प्रदेश नं २ को नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ । निबर्तमान उपसभापति तथा १४ महाधिवेशनमा केन्द्रीय सभापतिका प्रत्यासी बिमलेन्द्र निधिले डा.कोईराला समूहले सहयोग गरेकाले आफ्नो पक्षको बिजय हुने निश्चित भएको दाबी गरेका छन् भने सभापति शेरबहादुर देउवा पक्ष पनि आफूहरु कमजोर नभएको बताईरहेका छन् ।

निर्वाचन समितिका संयोजक प्रह्लाद गौतमका अनुसार प्रदेश २ को नयाँ नेतृत्वका लागि संस्थापन पक्ष र संस्थापन इतर पक्ष प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । सहमतिमा नेतृत्वको टुङ्गो लगाउने प्रयास असफल भएपछि छुट्टाछुट्टै प्यानल बनाइ उम्मेदवार चुनावी मैदानमा उत्रिएका हुन् ।

संस्थापन पक्षले कांग्रेस रौतहटका सभापति कृष्णा यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ भने संस्थापन इतर पक्षले कांग्रेस प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ ।

 

प्रकाशित मिति : पुस ७, २०७८ बुधबार  १ : ०४ बजे