कांग्रेस प्रदेश २ अधिवेशन : पाँच जना सदस्य निर्विरोध निर्वाचित



नेपाली कांग्रेस प्रदेश २ अधिवेशनमा सप्तरीका दुईसहित पाँच जना सदस्य निर्विरोध निर्वाचित भएका छन् ।निर्वाचन समितिका अनुसार खुलातर्फ सप्तरीका आशाराम चौधरी, महिलातर्फ सप्तरीकै विमलादेवी साह र महोत्तरीकी उषा देवकोटा निर्विरोध निर्वाचित भएका हुन् ।

मधेसी महिलातर्फ पर्साकी किरण कुमारी र आदिवासी जनजातिमा मनमया तमाङनी निर्विरोध निर्वाचित भएका हुन्।प्रदेशको नयाँ नेतृत्वका लागि हालसम्म निर्वाचन सुरु हुन सकेको छैन । पार्टी सभापति शेरबहादुर देउवाको टिमबाट कृष्ण यादव र विमलेन्द्र निधि तथा शेखर कोइरालाको संयुक्त टिमबाट रामसरोज यादवले सभापतिमा उम्मेदवारी दिएका छन्।

प्रकाशित मिति : पुस ७, २०७८ बुधबार  ६ : १० बजे