मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चीनको दबाबमा हङकङबाट हटाइयो लासको प्रतिमा पनी



चीनको बेइजिङस्थित ताइनामेन स्क्वायरमा भएको नरसंहारको सम्झनामा हङकङ विश्वविद्यालयमा स्थापना गरिएको एउटा प्रतिमा हटाइएको छ । आठ फिट अग्लो तामाको सो प्रतिमा हटाउन रातभर मजदुर खटिएका छन् ।सन् १९८९मा चिनियाँ सुरक्षाफौजले ताइनामेन स्क्वायरमा हत्या गरेका सयौं प्रजातन्त्रबादी कार्यकर्ताको स्मरणमा लासको थुप्रोबाट प्रतिमा खडा गरिएको थियो । डेनमार्कका मूर्तिकारले सो प्रतिमा बनाएका थिए ।

द पीलर अफ सेम नाम दिइएको सो प्रतिमामा हटाउन अक्टोबरमा विश्वविद्यालयले निर्देशन दिएको थियो । प्रतिमा कमजोर भएकोले सम्भावित सुरक्षा जोखिमबाट बच्न त्यसलाई हटाइएको विश्वविद्यालय प्रशासनले जनाएको छ ।तर, चीनको दबाबमा हङकङ सरकारले सो प्रतिमा हटाएको जानाकारहरु बताउँछन् । प्रतिमा विश्वविद्यालयले गोदाममा राख्ने जनाइएको छ ।

प्रकाशित मिति : ८ पुस २०७८, बिहिबार  १० : ११ बजे