कान्ती बाल अस्पतालको इमरजेन्सी वार्डमा शय्या विस्तार गर्न चौधरी फाउण्डेसनले सहयोग गर्ने



चौधरी फाउण्डेसनले कान्ति बाल अस्पतालको इमरजेन्सी वार्डमा शय्यालाई विस्तार गर्नेगरी फाउण्डेसन र अस्पतालबीच सम्झौता भएको छ ।।अस्पतालमा आयोजित एक कार्यक्रममा फाउण्डेसनका तर्फबाट निर्वाण चौधरी र अस्पतालका तर्फबाट प्रा.डा.अजित रायमाझीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

अस्पतालको इमरजेन्सी वार्डमा हाल रहेका १२ शय्यालाई विस्तार गरी २५ शय्याको इमरजेन्सी वार्ड निर्माण गरिने कार्यक्रममा जानकारी दिइयो ।चौधरी फाउण्डेसनका अध्यक्ष विनोद चौधरीले निम्न आर्थिकस्तर भएका नागरिकका सन्तानले सर्वसुलभ र गुणस्तरीय उपचार सेवा पाउन भन्ने ध्ययले आफूहरुले कान्ती बाल अस्पताललाई सहयोग गरेको बताए।

प्रकाशित मिति : पुस १०, २०७८ शनिबार  ४ : १८ बजे