माओवादी महाधिवेशन: २९९ केन्द्रीय सदस्यको नाम प्रचण्डले  घोषणा गर्दै



माओवादीको आठौं महाधिवेशन जारी छ यसैबीच नेकपा माओवादी केन्द्रले २९९ सदस्यीय केन्द्रीय कमिटी सदस्य टुङ्ग्याएको छ । बन्दसत्र सुरु हुनुअघि बसेको पार्टी स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले प्रदेशबाट आएका सिफारिसका आधारमा २९९ सदस्यीय केन्द्रीय कमिटी सदस्यको नाम टुङ्गिएको जानकारी दिएका हुन् । बैठकपछि  अब सुरु हुने बन्दसत्रमा अध्यक्ष प्रचण्डले नाम पढेर प्रस्ताव गर्ने जानकारी दिए ।

बन्दसत्रले केन्द्रीय कमिटी सदस्यहरुको नाम अनुमोदन गरेलगत्तै केन्द्रीय कमिटी बैठक बसेर १५ सदस्यीय पदाधिकारी चयन गर्ने शाहको भनाई छ । गत आइतबारबाट सुरु भएको माओवादीको आठौं महाधिवेशनले यसअघि प्रचण्डको राजनीतिक तथा वैचारिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव सुझावसहित पारित गरेको छ । आजै नयाँ नेतृत्व चयन गरेर महाधिवेशन आज आइतबार नै समापन गर्ने माओवादीको तयारी छ ।

 

प्रकाशित मिति : पुस १८, २०७८ आइतबार  २ : ०९ बजे