महिलाविरुद्ध अपमानजनक अभिव्यक्ति दिने, बेल्जियमका चिकित्सकलाई जेल सजाय



महिलाविरुद्ध अपमानजनक र अस्वाभाविक अभिव्यक्ति दिने बेल्जियमका एक चिकित्सकलाई जेल सजाय सुनाइएको छ । एउटा विश्वविद्यालयमा लेक्चर दिने क्रममा ‘महिलाहरुले खुट्टाहरु खोल्न नचाएको’ र पुरुषलाई यौन सन्तुष्टिका लागि महिला अस्थित्व आएको बताउनले डा। जेफ होइवगलाई एक अदालतले जेल सजाय सुनाएको हो ।

अदालतले उनलाई सुरुमा १० महिना जेल सजाय सुनाए पनि पछि कटौती गरेर पाँच महिनामा झारेको थियो ।युनिभर्सिटी अफ घेन्ट एन्ड क्याथोलिक फ्लेमिस स्टुडेन्ट युनियनको एउटा कार्यक्रममा उनले दिएको अभिव्यक्तिको धेरैले विरोध गरेका छन् । उनले महिलामाथि विभेद गरेको र घृणाजनक अभिव्यक्ति दिएको भन्दै आठ हजार युरो जरिमान सुनाइएको न्यायाधीशले बताएका छन् ।

आफू सत्य बोलेको र पक्राउ गरेर अभिव्यक्ति स्वतन्त्रता हनन गरेको उनले बताएका छन् । पोस्टग्रयाजुयट विद्यार्थीलाई दिएको दुई घन्टा लामो लेक्चरमा उनले भनेका छन्, ‘महिलाको दास नबनी तपाइले उनलाई समानरुपमा व्यवहार गर्न सक्नु हुन्न । ’

प्रकाशित मिति : पुस २१, २०७८ बुधबार  १ : १४ बजे