एमाले हुम्लाको अधिवेशन माघमा



नेकपा एमाले हुम्लाको नवौँ जिल्ला अधिवेशन एक महिना लागि पछि सरेको छ । मौसम र आन्तरिक तयारीका कारण आज अधिवेशन हुन नसकेका १६ जिल्लामा छिट्टै अधिवेशन हुने भनिएकामा हुम्लामा २३ माघका लागि मिति तय भएको छ ।

सिमकोट बसेको जिल्ला कमिटीको बैठकले आगामी २३ माघमा अधिवेशन आयोजना गर्ने निर्णय गरेको जिल्ला सचिव पूर्ण ढकालले जानकारी दिए । बिहिबार बिहानदेखि सिमकोट लगायतका स्थानमा बाक्लो हिमपात भएको छ । बाँकी ६१ जिल्लामा भने आज अधिवेशन हुँदैछ ।

 

प्रकाशित मिति : पुस २३, २०७८ शुक्रबार  १० : १२ बजे