कर्णाली प्रदेश सभाको नवौं अधिवेशन आजबाट सुरु हुँदै



कर्णाली प्रदेश सभाको नवौं अधिवेशन आजबाट सुरु हुँदैछ। आज ३ बजे प्रदेश सभा बैठक आह्वान गरिएको छ। नेपालको संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम कर्णाली प्रदेश प्रमुख तिलक परियारले प्रदेश सभाको नवौं अधिवेशन आह्वान गर्ने निर्णय भएअनुसार पुस २८ गतेका लागि दिउँसो ३ बजे प्रदेश सभाको बैठक बोलाइएको प्रदेश सभा सचिवालयका कानुन अधिकृत मदन खड्काले जानकारी दिए।

उनका अनुसार कर्णाली प्रदेश सभा नियमावली २०७४ को नियम ३ को उपनियम ३ बमोजिम प्रदेश सभा सदस्यलाई सूचना गरिएको छ। यसअघि मुख्यमन्त्री जीवनबहादुर शाहीको विश्वासको मत लिने प्रयोजनका लागि गत मंसिर १४ बोलाइएको बैठक प्रतिपक्षी दल नेकपा एमाले उपस्थिति नभएका कारण यसको भोलिपल्ट मंसिर १४ गते प्रदेशसभा बैठक बसालिएको थियो।

प्रकाशित मिति : पुस २८, २०७८ बुधबार  १० : ४२ बजे