बिहीबार ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



बिहीबार (आज) नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ।

बुधबार तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार रु ५०० बढेर ९२ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार तेजाबी सुन तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छ ।

बिहिबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १२३५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार बढेर तोलामा १२५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : पुस २९, २०७८ बिहीबार  १० : ५५ बजे