बिहिबार एकैदिन ३५५३ जनामा संक्रमण पुष्टि, एकको मृत्यु



पछिल्लो २४ घण्टामा थप ३५५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

१५ हजार ८१ जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । ।

तेस्तै पछिल्लो २४ घण्टाकै अवधिमा २७१ जना निको भएका छन् । यससगै हालसम्म ८ लाख १५ हजार ३४७ जना निको भएका छन ।

यही अबधिमा एक जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । यससगै कोरोनाका कारण मृतकको कुल संख्या ११ हजार ६१० पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमित १४ हजार ३४० जना रहेका छन् ।

प्रकाशित मिति : पुस २९, २०७८ बिहीबार  ४ : २७ बजे