आइतबार थप ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु



पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ४ हजार ९ सय ६१ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख ५४ हजार १६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज ४ सय ३५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म आठ लाख १६ हजार ४ सय ३८ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा १५ हजार १ सय ३१ जनामा परिक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो ।

त्यस्तै कोरोनाका कारण आइतबार थप तीन जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ६२० जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : माघ २, २०७८ आईतबार  ५ : ०५ बजे