उत्तर कोरियाले फेरि गर्‍यो आणविक क्षेप्यास्त्र प्रहार



उत्तर कोरियाले सोमबार बिहान थप दुईवटा मिसाइल प्रहार गरेको दक्षिण कोरियाको सेनाले दाबी गरेको छ ।उत्तर कोरियाले राजधानी प्योङयाङबाट सोमबार छोटो दूरीमा मार हान्ने दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाली सेनाको भनाइ छ।

उत्तरले कोरियाले फेरि आणविक हतियार परीक्षण गरेको जापानको समुद्री सेनाले पनि पुष्टि गरेको छ ।सन २०२२ सुरु भएसँगै उत्तर कोरियाले दुईवटा हाइपरसोनिक मिसाइल प्रहार गरिसकेको छ ।यस्तै गएको शुक्रबार छोटो दूरीमा मार हान्न सक्ने ब्यालेस्टिक मिसाइलको जोडी परीक्षण गरेको थियो ।

प्रकाशित मिति : माघ ३, २०७८ सोमबार  १० : ४४ बजे