बुधबार एकैदिन ११ हजार ३५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि



पछिल्लो २४ घण्टामा नेपालमा थप ११ हजार ३५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यो सङ्ख्या नेपालमा हालसम्मकै धेरै भएको स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता समीर कुमार अधिकारीले जानकारी दिए ।

जम्मा २३ हजार ४०९ वटा नमुना परीक्षण गर्दा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको उनले बताए ।

पछिल्लो २४ घण्टाकै अबधिमा उपत्यकाका काठमाडौंमा ४ हजार ६६६ जना, भक्तपुरमा ५७८ जना र ललितपुरमा १ हजार १९ गरी ६ हजार ३४३ जना संक्रमित भएको उनले बताए ।

२४ घण्टाकै अबधिमा ६१३ जना निको भएका छन् । त्यस्तै ४ संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : माघ ५, २०७८ बुधबार  ४ : ३२ बजे