सरकारले घटायो पीसीआर परीक्षण शुल्क



सरकारले कोरोनाभाइरस संक्रमण भए नभएको पुष्टि गर्न गरिने पीसीआर परीक्षणको शुल्क घटाएको छ ।पीसीआर परीक्षणको शुल्क शुल्क घटाएर ८०० रुपैयाँ कायम गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा । समीरकुमार अधिकारीले जानकारी दिए ।

उनका अनुसार पीसीआर परीक्षण एक हजार रुपैयाँ लिँदै आएको अब २०० रुपैयाँ घटाएर ८०० रुपैयाँ कामय गरिएको हो ।सरकारी प्रयोगशालाले लिइँदै आएको एक हजार रुपैयाँ शुल्कलाई घटाएर ८०० रुपैयाँ कायम गरेको डा । अधिकारीले जानकारी दिए ।

उनका अनुसार निजी प्रयोगशालाले पीसीआर परीक्षण गर्दा बढीमा एक हजार ५०० रुपैयाँ मात्र लिन पाउनेछन् ।

प्रकाशित मिति : माघ ५, २०७८ बुधबार  ६ : ४६ बजे