बिहिबार सुनकाे मूल्य एक हजारले बढ्यो,कतिमा हुँदैछ कारोबार ?



नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार छापावाल सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँमा काराेबार भइरहेकाे जनाएकाे छ ।बुधबारकाे तुलनामा बिहीबार सुन ताेलामा एक हजार रुपैयाँले बढेकाे छ ।

महास‌ंघका अनुसार बुधबार छापावाल सुन तोलाको ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार तेजावी सुनको मूल्य तोलाको ९३ हजार २०० सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रतितोला एक हजार ३१५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : माघ ६, २०७८ बिहिबार  ११ : ४५ बजे