सोमबार ५२९२ जनामा संक्रमण पुष्टि, ८ जनाको मृत्यु



पछिल्लो २४ घण्टामा देशमा ५२९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १६०८८ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

सोही समयावधिमा ८१९१ जना निको भएका छन् भने ८ जनाको मृत्यु भएको छ ।

२४ घण्टामा ३६६६०३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् भने हाल देशभर ७९२७२ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति : माघ १७, २०७८ सोमबार  ५ : २१ बजे