पछिल्लो २४ घण्टामा थप ५५८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। १७ हजार ६७४ जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामाकै अवधिमा ९ जनाको मृत्यु भएको छ भने ८ हजार २६७ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर सक्रिय संक्रमित ७४ हजार ६५३ जना रहेका छन् ।










