मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रसिद्ध भारतिय गायिका लता मंगेशकरको निधन



प्रसिद्ध भारतिय गायिका लता मंगेशकरको निधन भएको छ । आइतबार मुम्बईको एक अस्पतालमा ९२ वर्षको उमेरमा उनको निधन भएको हो ।

यसै वर्ष जनवरीको सुरुवातमा कोभिड–१९ संक्रमण भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्य अवस्थामा सुधार नहुँदा उनी आईसीयूमा उपचाररत थिइन् ।

लता मंगेशकर एक महान् पार्श्वगायिका थिइन् ।  भारतरत्नबाट सम्मानित उनले बलिउडमा करियरको सुरुवात सन् १९४२ बाट गरेकी थिइन् । तर, उनले पहिचान भने फिल्म ‘महल’को गीत ‘आएगा आने वाला’बाट पाइन् ।

उनले ३६ भाषामा ५० हजार गीत गाएकी थिइन् ।  करिब एक हजार बढी चलचित्रमा उनले आवाज दिएकी थिइन् ।

लता मंगेशकरको जन्म सन् १९२९ सेप्टेम्बर २८ मा भारतको इन्दौरमा भएको थियो ।

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  ११ : २३ बजे