मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रसियाले युक्रेन संकट थप तीव्र नपार्नेमा ढुक्क छुः फ्रान्सेली राष्ट्रपति



फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोले रसियाले युक्रेन संकटलाई थप तीव्र नपार्ने विश्वास गरेका छन् । आफूसँगको भेटवार्तापछि रसियाका राष्ट्रपति पुटिनले युक्रेनमा तनाब नचर्काउने बताएको भन्दै राष्ट्रपति म्याक्रोले त्यस्तो विश्वास व्यक्त गरेका हुन ।

संकट न्युन गर्न फ्रान्सका राष्ट्रपति र पुटिनबीच कुनै सम्झौता नभएको क्रेमलिनले बताइरहेका बेला युक्रेनको राजधानी किभ भ्रमणका क्रमममा म्याक्रोको सो भनाई आएको हो ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, ‘अहिल्यकै अवस्थामा मस्को र पेरिसवीच सम्झौता हुन सक्दैन ।’ रसिया अतिक्रमणको त्रासबीच म्याक्रोले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीलाई पनि भेट गरेका थिए ।

युक्रेनसँगको सीमामा मस्कोले दशौं हजार सुरक्षाकर्मी जम्मा गरेकोे छ । तर, युक्रेन आक्रमणको कुनै योजना नभएको मस्कोले बताउँदै आएको छ ।संकट न्यून गर्न केही कदमहरु चाल्न सकिने आफ्नो विश्वास रहेको भन्दै म्याक्रोले सम्बन्धित पक्षलाई शान्त रहन आह्वान गरेका छन् ।

सन् २०१४ मा सम्पन्न मिन्स्क सम्झौताप्रति पुटिन र जेलेन्स्किी प्रतिबद्ध भएको आफूलले पाएको म्याक्रोले बताएका छन् । युक्रेन संकट अन्त्य गर्ने पहलस्वरुप फ्रान्स्ेली राष्ट्रपति म्याक्रोले सोमबार मस्कोमा पुटिनसँग भेटवार्ता गरेका थिए ।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  ९ : २९ बजे