पछिल्लो २४ घण्टामा देशमा २४०१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।१६ हजार ३५६ जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।
यस्तै बितेको २४ घण्टामा कोरोनाबाट १४ जनाले ज्यान गुमाएका छन् । सोही अवधिमा ७७७७ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाको सक्रिय संक्रमित ३० हजार २४१ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा २ लाख ४६ हजार ७८३ जनाले कोरोनाविरुद्धको खोप लगाएको पनि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।










