सोमबार ३८८ संक्रमित, थपिए, चार जनाको मृत्यु



नेपालमा पछिल्लो २४ घन्टामा थप ३८८ जना कोरोना संक्रमित थपिएका छन् ।

देशभरका विभिन्न प्रयोगशालामा ८ हजार १४० जनाको नमुना परीक्षण गरिएकोमा ३८८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा थप ४ संक्रमितले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९२५ पुगेको छ ।

यस्तै पछिल्लो २४ घन्टामा एक हजार २०५ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ११ हजार २८२ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति : फाल्गुन ९, २०७८ सोमबार  ५ : १३ बजे