मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महाठग चन्द्रशेखरले बलिउडका तीन अभिनेत्रीलाई दिन्थे उपहार



बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजसँग प्रेममा रहेका महाठग सुकेश चन्द्रशेखरलाई लिएर नयाँ खुलासा भएको छ । उनले ज्याकलिन तथा अभिनेत्री नोरा फतेहीका अलावा सारा अलि खान, जाह्नवी कपूर र भूमि पेडणेकरलाई पनि उपहार पठाउने गरेको खुलासा भएको हो ।

एनफोर्समेन्ट डायरेक्टरेट (ईडी)को हालैको छानविनमा यो कुरा बाहिर आएको हो । ईडीको अनुसन्धानअनुसार सुकेश आफूसँग भएको रकमले यी सारा, जाह्नवी र भूमिलाई उपहार पठाउँथे । हालै मात्र सुकेशले ज्याकलिनसँगको बोल्ड तस्बिर लिक भएपछि आफू ज्याकलिनसँग सम्बन्धमा रहेको र ज्याकुलिन मनी लन्ड्रिङ मामलामा संलग्न नरहेको दाबी गरेका थिए ।

सुकेशका अनुसार दुई सय करोड मनी लन्ड्रिङ मामिलामा ज्याकलिनको कुनै संलग्नता छैन । ‘म सबैसँग अनुरोध गर्दछु कि ज्याकलिनको नाम बदनाम नगर्नुहोस्’, उनले भनेका छन् । ज्याकलिनलाई इडीले भारत छोड्न रोक लगाएको छ । त्यहीकारण उनी अहिले विदेश जान पाएकी छैनन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  ३ : ४३ बजे