मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पल शाहविरुद्ध जबरजस्ती करणीको किटानी जाहेरी,



अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा एक गायिकाले  किटानी जाहेरी गर्दा गराएकी छन् । गायिकाले  शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा किटानी जाहेरी दिएकी हुन् ।

यसअघि जिल्ला प्रहरी कार्यालय, कास्कीमा शाहविरुद्ध जाहेरी दिइएको थियो । तर, प्रहरीले घटनास्थल तनहुँ भएकाले तनहुँमै दर्ता गर्न सुझाव दिएको थियो । त्यसपछि उनले तनहुँ प्रहरीमा उजुरी दिएको बताइएको छ ।

एउटा म्यूजिक भिडियोको सुटिङका क्रममा तनहुँ गएका बेला शाहले फकाएर आफूमाथि करणी गरेको उनले उजुरीमा उल्लेख गरेकी छन् ।  आफू नाबालिग रहेका बेला शाहले फकाएर करणी गरेको गायिकाको दाबी  छ ।

नेपालको कानुन अनुसार १८ वर्षभन्दा कम उमेरको कसैसँग सहमतिमै शारीरिक सम्बन्ध राखे पनि बलात्कार ठहरिने व्यवस्था छ। सोही कानुनका आधारमा पीडितले जाहेरी दिएकी हुन्। मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ अनुसार सोह्र वर्ष वा सोह्र वर्षभन्दा बढी अठार वर्षभन्दा कम उमेरकी किशोरी भए १० देखि १२ वर्षसम्म कैद हुने कानुनी व्यवस्था छ।

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  ७ : ५५ बजे