पार्टीभित्रको प्रतिस्पर्धालाई स्वभाबिक रुपमा लिनुपर्छ : प्रकाशमान सिंह



नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीभित्रको प्रतिस्पर्धालाई स्वभाबिक रुपमा लिनुपर्ने बताएका छन् । निर्वाचनमा आफुले चाहे जस्तो नतिजा नआएपछि जिम्मेवार नेताहरुले सार्वजनिक रुपमा गलत अभिब्यकति दिनु दुखद रहेको सिंहले बताए । ‘अधिबेशनको बिषयलाई लियर केही जिम्मेवार नेताहरुनै सार्वजनिक र सामाजिक संजालको प्रयोग गरि गलत भ्रम फीजाउन लाग्नु कांग्रेसका लागि राम्रो होइन’, उनले भने ।आज हेटौंडामा नेपाली कांग्रेस प्रदेश कार्यलय उदघाटन कार्यक्रममा बोल्दै उनले कांग्रेसले जहिले पनि जनताको हित हुने काम गर्ने बताए ।

विद्धुत र सडकको लागी मात्र एमसीसी अनुदान लिएको उनको भनाइ थियो । गठबन्धनका केहि दलहरू एमसीसीको बारेमा दोहोर चरित्र देखाएको उनले आरोप लगाए नेता सिंहले कांग्रेस जतिको भरोसाको पार्टी अरू नभएको पनि दावी गरे । ‘अरू पार्टीहरू सरकारमा बस्छ, एमसिसि ठिक छ भन्छ, एमसीसीलाइ चिठि पनि लेख्छ अनि पास गर्ने बेलामा एमसिसि राष्ट्रघाति छ भन्छ, ’ उनले भने ।

चुनावी तालमेलका बारेमा अहिले कांग्रेसमा तीन थरी धारणा रहेको नेता सिंहले बताए । ‘आउने चुनावमा के गर्ने भनेर अहिले पार्टीभित्र तीन धारको कुरा आइरहेको छ। एकथरी एक्लै जानुपर्छ, अर्कोथरी गठबन्धनलाई निरन्तरता दिनुपर्छ। एउटाले जिल्लालाई जिम्मा दिएर आवश्यकताअनुसार गर्नुपर्छ भन्छ,’ उनले भने, ‘अभियानबाट फर्केर रिपोर्ट ल्याएपछि वर्किङ कमिटीमा के गर्दा राम्रो हुन्छ त्यो निर्णय गर्छौँ।’ प्रदेस नेताहरुलाई घरघर पुगेर जन्ताको मन जित्ने र कांग्रेस उमेदवारहरुलाई जिताउन लाग्न समेत सिंहले निर्देसन दिए । कार्यक्रममा बोल्दै नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्र बाँनियाले अब तेरो मेरो नभनि बिधान सम्वत रुपमा उमेदवार तय गरिने भन्दै आफुहरु अब बागमती प्रदेश का सबै उमेदवारहरुलाई जिताउन केन्दित हुने गरि लाग्ने बताए ।

प्रकाशित मिति : चैत्र ७, २०७८ सोमबार  ६ : ०१ बजे