डा. सिके राउत नेतृत्त्वको जनमत पार्टीका कार्यकर्ता र जनता समाजवादी पार्टी (जसपा)का नेता तथा कार्यकर्ताबीच सर्लाहीकाे इश्वरपुर नगरपालिका ६ बयलबासमा झडप भएको छ । शनिबार बयलबासस्थित क्लवको उद्घाटन विषयमा विवाद हुँदा झडप भएको हो ।
झडपमा संघीय सांसद प्रमोद साहको टाउकोमा गहिरो चोट लागेको छ । उद्घाटन गर्न पुगेका सर्लाही क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद प्रमोद साहको टाउकोमा चोट लागेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए । उनको अहिले स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । घटनास्थलको अवस्था समान्य भइसकेको छ ।










