नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धनको विरोध नगर्न आग्रह गरेका छन् ।शनिबार बानेश्वरको एक कार्यक्रममा उनले गठबन्धन कुन परिस्थिति निर्माण भएको भन्ने नबिर्सन आग्रह गर्दै परिस्थिति ख्याल गरेर अगाडि बढ्नुपर्ने धारणा राखे ।
उनले स्थानीय निर्वाचनमा गठबन्धन के गर्ने भन्ने विषयमा केन्द्रीय समिति बैठक चलिरहेकाले कांग्रेसका कार्यकर्ता, शुभचिन्तक र मुलुकको आवश्यकतालाई ध्यानमा दिएर कांग्रेस उपयुक्त निर्णय लिने बताए।सिंहले पछिल्लो समयमा राजनीतिलाई कमाइ खाने भाडो बनाउनेहरुका कारण जनतामा राजनीतिप्रति निरासा छाएको दाबी गर्नु भयो।
नेता सिंहले नेपालका कम्युनिस्टहरूको द्वैध चरित्रका कारण मुलुकमा अस्थिरता निम्तिएको आरोप लगाए । काँग्रेस मात्रै स्पष्ट अडानवाला पार्टी भएको उनको भनाइ थियो । उनले कांग्रेसले लिएको नीति र अडान कै कारण आजसम्मका हरेक राजनीतिक आन्दोलन सफल भएको बताए।








