राष्ट्रिय मान्यता नपाएका ७३ दललाई आफ्नै चुनाव चिह्न दिने आयोगको निर्णय



निर्वाचन आयोगले राष्ट्रिय मान्यता नपाएका ७३ दललाई उनीहरुको आफ्नै दलको चुनाव चिह्न उपलब्ध गराउने भएको छ ।आइतबार बसेको आयोगको बैठकले दलहरुले बुझाएको विवरणको आधारमा उनीहरुलाई आफ्नै चुनाव चिह्न उपलब्ध गराउने निर्णय गरेको हो ।

राष्ट्रिय मान्यता नपाएका दलहरूलाई उनीहरुको संगठन रहेको जिल्लाको विवरण बुझाउन गत चैत ६ गतेसम्म समय दिइएको थियो । सो विवरण बुझाएका ७३ दललाई चुनाव चिह्न दिनेबारे बैठकले निर्णय गरेको हो ।राष्ट्रिय दलको मान्यता नपाएका दललाई चुनाव चिह्न उपलब्ध नगराएको भन्दै साना दलहरुले बिरोधका कार्यक्रम गरिरहेका थिए ।

प्रकाशित मिति : चैत्र १३, २०७८ आइतबार  ८ : ३४ बजे