सभापति देउवाले कांग्रेस मुगुको कार्यालय भर्चुअल उद्घाटन गर्ने



नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भर्चुअलमार्फत का‌ंग्रेस मुगुको पार्टी कार्यालयको उद्घाटन गर्ने भएका छन् ।कांग्रेस पार्टी कार्यालय मुगुको नव निर्मित विपी स्मृति भवनको सोमबार दिउँसो २ बजे भर्चुअलमार्फत उद्घाटन गर्ने कांग्रेस मुगुका सभापति ऐनबहादुर शाहीले बताए ।

उनका अनुसार प्रधानमन्त्रीसमेत रहेका सभापति देउवा भौतिक रुपमै उपस्थिति भई पार्टी कार्यालय र नेपाली कांग्रेस मुगुका संस्थापक सभापति बखत बहादुर शाहिको सदरमुकाम शालिक लाई उद्घाटन गर्ने कार्यक्रम रहेको थियो सभापति शाहिले भने , प्रधानमन्त्रीको कार्य ब्यस्तताले भौतिक रुपमै उपस्थित नभएर पनि भर्चुअल मार्फत कार्यालय र शालिकको उद्घाटन गर्ने कार्यक्रमको तय भएको नेपाली कांग्रेस मुगुले जनाएको छ ।

सभापति शाहीका अनुसार प्रधानमन्त्रीको भौतिक रूपमै उपस्थित भएर पनि भर्चुअलमार्फत कार्यालय र गमगढीको माथिल्लो बजार अदालत चोकमा निर्माण भएको कांग्रेस मुगुका संस्थापक सभापति बखत बहादुर शाहिको सदरमुकाम शालिकको उद्घाटन गर्ने कार्यक्रमको तयारी भए पनि देउवाको कार्यव्यस्ताका कारण भर्चुअलमार्फत गर्न लागिएको हो ।

प्रकाशित मिति : चैत्र १४, २०७८ सोमबार  १ : ०८ बजे