चरम राजनीतिले शिक्षा क्षेत्रको विकास हुन सकेन : प्रकाशमान सिंह



नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले शिक्षामा चरम राजनीति भएकोले शिक्षा क्षेत्रको विकास हुन नसकेको बताएका छन् । राजधानीको कन्या मन्दिर माध्यमिक विद्धयालयको ७५ औं वार्षिकोत्सव (हीरक जयन्ती) समारोहलाइ सम्वोधन गर्दै उनले यस्तो बताएका हुन् ।

राजनीति भनेको राजनैतिक क्षेत्रमा मात्र गर्नु पर्ने कुरा सबै दलहरूले बुझ्न आवश्यक रहेको उनको भनाइ थियो ।शिक्षा सबै भन्दा महत्वपुर्ण क्षेत्र भएको र यसमा काम गरेर देखाउने समय भइसकेको भन्दै सिंहले शिक्षा क्षेत्रमा नागरिकले चाहेको जस्तो सुधारको खाचो रहेको बताए । संविधानले भनेजस्तै आधाभुत स्वास्थ्य र गुणस्तरीय शिक्षा मा सबै नागरिक को समान पहुच पुग्न नसकेकामा सबै को धयान जानु पर्ने उनको भनाई थियो ।

परिवर्तन ल्याउन मिलेर संघर्ष गरेका राजनीतिक दलहरुले परिवर्तनलाई संस्थागत गर्न कालागि पनि मिलेर जानू पर्नेमा उनले जोड दिए । अधिकारसंगै नागरिकलाइ सम्पन्नताको अनुभुति गराउन सबै मिलेर लागि पर्नु पर्ने उनले उल्लेख गरे ।

प्रकाशित मिति : चैत्र १४, २०७८ सोमबार  २ : १५ बजे