नेपाली काँग्रेसका महामन्त्री गगन थापाले कम्युनिस्टहरूसँग गठबन्धन गर्न नहुने बताएका छन् ।
काँग्रेस केन्द्रीय पार्टी कार्यालय सानेपामा सोमबारको केन्द्रीय कमिटी बैठकमा बोल्दै थापाले कम्युनिस्टहरूसँग गठबन्धन गर्न नहुने धारणा राखेका हुन् ।
देशभरका लाखौँ मतदातालाई रुखबाहेक अन्यत्र भोट हाल्न भन्ने हो भने तिनले भविष्यमा रुखमै भोट हाल्छन् भन्ने के ग्यारेन्टी ? अहिले हँसिया हथौडा र कलममा भोट हालेको मतदाताले अर्को चुनावमा रुखमा भोट हाल्ला त ?,” उनले भने ।
अहिले लाखौं नयाँ मतदाता थपिएको भन्दै उनले उनीहरूलाई अरु पार्टीमा भोट हाल्न लगाओैँ भने काँग्रेस नरहने खतरा हुने बताए ।








