मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पशुपति क्षेत्रमा एनआरएनएले वृद्धाश्रम बनाउने



एनआरएनएका नवनिर्वाचित अध्यक्ष कुल आचार्यले नेपाल सरकार तथा पशुपति क्षेत्र विकास कोषसंग सहकार्य गरी एउटा वृद्धाश्रम बनाउन प्रस्ताव राखेका छन् ।उनले राखेको कम्तीमा १०० कोठा रहेको अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न वृद्धाश्रम बनाउने प्रस्तावलाई कार्य समितिको पहिलो बैठकले पारित गरेको छ । आचार्यले आफ्नो तर्फबाट उक्त परियोजनाका लागि रु एक करोड प्रदान गर्ने घोषणा पनि गरे ।

उक्त वृद्धाश्रमका लागि उपाध्यक्ष महेश श्रेष्ठ, महासचिव गौरी जोशी तथा कोषाध्यक्ष सुनिल साहले २५, २५ लाख रुपियाँ प्रदान गर्ने घोषणा गरेका थिए। त्यस्तै अर्का महासचिव डा। केशव पौडेलले रु १० लाख प्रदान गर्ने घोषणा गरे । पहिलो बैठकबाटै उक्त परियोजनाका लागि ३ करोड भन्दा बढी रकमको प्रतिबद्धता व्यक्त गरिएको छ ।

अर्का नवनिर्वाचित बद्रि केसीले यो कार्यकालमा स्मार्ट एप प्रयोग गरेर ‘क्राउड फन्डिंग’ गर्ने जनाए । उनले कूल परियोजना लागतको ३३ ९ ३३ प्रतिशत रकम उठाउने जिम्मा तीनै जना अध्यक्षले लिने बताए। उक्त बैठकले वृद्धाश्रम बनाउनका लागि सकभर पशुपति क्षेत्रमै जग्गा उपलब्ध गराउन नेपाल सरकारलाई अनुरोध गर्ने भन्ने प्रस्ताव पनि पारित गरेको छ ।

विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० बनाए पछि रकम उठाउन शुरु गर्ने बताए । संघको केन्द्रीय सचिवालयले उक्त परियोजनाको लागि १५ देखि १७ करोडसम्म लागत लाग्न सक्ने अनुमान गरेको छ ।यसअघि सोमबार दिउंसो निवर्तमान अध्यक्ष कुमार पन्तले नवनिर्वाचित अध्यक्षहरु कुल आचार्य, डा। बद्री केसी तथा रबिना थापालाई खादा र माला लगाइ दिएर पद बहाली गराएका थिए ।

उनले तीनै जना अध्यक्षहरुलाई एकताबद्ध भएर आफ्नो कार्यकाल सफल बनाउन आग्रह गरे ।आइतबार राती संघको दशौँ महाधिवेशनले सर्वसम्मतिको आधारमा नयाँ कार्यसमिति चयन गरे पछि संघका पदाधिकारीहरु सोमबार बिहान पशुपति क्षेत्र पुगेर पूजा अर्चना गरेका थिए ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  ८ : ४२ बजे