स्थानीय आवश्यकताअनुसार गठबन्धन गर्ने कांग्रेसको निर्णय



नेपाली कांग्रेसको जारि केन्द्रिय समितीले स्थानीय तह चुनावमा गठबन्धनमा रहेका दलहरूसँग चुनावी तालमेल गरेर जाने निर्णय गरेको छ।

स्थानीय आवश्यकता र अवस्था हेरेर गठबन्धन गरेर जाने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।

केन्द्रबाट गठबन्धन गर्दा स्थानीय आवश्यकताको सम्बोधन नहुने भएकोले स्थानीय आवश्यकताका आधारमा गठबन्धन गर्ने निर्णय गरेको महतले बताए ।

प्रकाशित मिति : चैत्र १५, २०७८ मंगलबार  ५ : ४६ बजे