प्रधानमन्त्री देउवाको भारत भ्रमणमा सहभागी हुने ४ मन्त्रीको टुंगो लाग्यो



भोलिबाट हुन लागेको प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा सहभागी हुने मन्त्रीहरूको टुंगो लागेको छ ।

आज बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले चार मन्त्री पनि भारत भ्रमणमा जाने निर्णय गरेको हो ।

भ्रमणमा परराष्ट्र, ऊर्जा, कृषि र स्वास्थ्यमन्त्री सहभागी हुने भएका छन् ।

देउवाको भ्रमण दलमा पर्ने अरु सदस्यको पनि लगभग टुंगो लागेको बालुवाटार सुत्रले जानकारि दिएको छ।

प्रधानमन्त्री देउवा शुक्रबार भारत भ्रमणमा जाँदैछन् । भ्रमणका क्रममा शनिबार नै भारतीय प्रधानमन्त्री नरेन्द् मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

प्रकाशित मिति : चैत्र १७, २०७८ बिहिबार  ११ : १४ बजे