नेविसंघका पुर्व केन्द्रीय उपाध्यक्ष एंब नेपाली कांग्रेसका युवा नेता निलकण्ठ रिजालले भरतपुर महानगरपालिकाको मेयरमा उम्मेद्वारिको दाबी गरेका छन्। स्थानीय तहको निर्वाचन मिती नजिकिँदै जाँदा भरतपुर महानगरको चुनावी माहोल बिस्तारै तात्न थालेको छ भने उमेदवारहरुले पनि पार्टिका नेताहरुसँग भित्रभित्रै टिकटको लबिङ तिब्र पारेका छन्।
कांग्रेसको प्रमुख भातृ संस्था नेविसंघको केन्द्रीय राजनीतिमा लामो समय काम गरेर एक इमानदार र कुशल संगठनकर्ताको छबी बनाएका रिजाल बिगत केहि बर्ष देखी जिल्ला केन्द्रित राजनितिमा सक्रिय छन् ।जिल्ला केन्द्रित राजनीतिसँगै भरतपुरको मेयरमा दाबी गरेपछी रिजालको नाम अहिले चितवन कांग्रेसभित्र चर्चामा छ । पार्टिको १४औ महाधिबेशनबाट केन्द्र देखी स्थानिय स्तरसम्म युबा पुस्ता नेतृत्वमा आउँदा पार्टी प्रती जनताको बिश्वास र भरोसा बढेकोले स्थानिय तहहरुमा पनि युबालाई उमेदवार बनाउदा चुनाब जित्न सजिलो हुने धारणा अहिले जिल्लाका कांग्रेस नेता कार्यकर्ताहरुमा बनेको देखिन्छ । त्यसैले युवा नेता रिजालको दावेदारिलाइ अत्यन्त स्वभाविक ढंगले हेरिएको छ। बारम्बार राजनीतिमा अवसर पाउदै परिक्षण भैसकेका पुराना अनुहार भन्दा रिजाल जस्ता नयाँ, जोशिलो र भरोसा योग्य उम्मेदवार पाउँदा जित हासिल गर्न सहज हुने जिल्लाका नेताहरु बताउछन् ।
महानगरको टिकट बितरणको अधिकार कांग्रेसको केन्द्रिय समितिमानै रहेको छ। नेपाली कांग्रेसको बर्तमान केन्द्रीय समिति अधिकांस नेविसंघको राजनीतिबाटै उदाएका ब्यक्तिहरुको बाहुल्यता छ। युवा नेता रिजाल पनि लामो समय नेविसंघको केन्द्रिय सदस्य, सहमहामन्त्री, उपाध्यक्षमा जस्ता महत्त्वपूर्ण पदमा बसेर काम गरिसकेको हुनाले कांग्रेस केन्द्रिय समितिका धेरै नेताहरु संग रिजालको अत्यन्तै राम्रो र निकट सम्बन्ध रहेको छ। त्यसैले कांग्रेस केन्द्रीय समितिको अधिकांस नेताहरु रिजालको पक्षमा रहन सक्ने कारणले गर्दा मेयरको टिकट रिजालले पड्काउन सक्ने जिल्ला नेताहरुको बुझाइ देखिन्छ ।
झण्डै ३० बर्ष अगाडि स्कुले जीवन हुँदै भरतपुरको बिरेन्द्र बहुमुखी क्याम्पसको राजनितिबाट अगाडि बढेका रिजाल बिधार्थी राजनितिमा रहदा पनि चितवन कांग्रेसका सबै गतिबिधिमा सारीक हुँदै आएका थिए ।भरतपुरको मेयरमा दाबी गरेसँगै उनि सम्भाबित युवा उमेदवारको रुपमा देखिएका छन् ।
भरतपुरमै जन्मेर, भरतपुरकै माटोमा हुर्के बढेको हुनाले भरतपुरबासिको बास्तबिक समस्या आफुले लामो समय अगाडि देखिनै देखेको, बुझेको र प्रत्यक्ष अनुभव गर्ने अवसर पाएकाले महानगरबासिको मन जित्ने गरी काम गर्ने सक्ने रिजालको दाबी छ। त्यसैले उनी भरतपुर महानगरको समग्र बिकासका लागि शिक्षा, स्वास्थ र पर्यटनमा मुलुककै केन्द्र बनाउने हाम्रो रहर,कृषिमा आत्मनिर्भर, प्राविधिक मैत्री हाम्रो भरतपुर महानगर भन्ने नारा सहित अभियाननै लिएर अगाडि बढेका छन्। देशको मध्य भागमा रहेको भरतपुरलाई देशकै नमुना शहर बनाउने आफुसँग स्पष्ट दृष्टिकोण र कार्ययोजना समेत रहेको उनले बताए ।








