वालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक जारी



सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक जारी छ । वालुवाटारस्थित प्रधानमन्त्री निवासमा पाँच दलीय गठबन्धन बसिरहेको हो ।

स्थानीय तहको निर्वाचनमा कसरी गठबन्धन गर्ने भन्ने मोडालिटीका बारेमा छलफल गर्नका लागि सो बैठक बसेको हो ।

बैठकमा तालमेलको मोडालिटीबारे छलफल गरेर निष्कर्ष निकाल्ने प्रयास हुने बताइएको छ।

सत्ता गठबन्धनका पाँच दलले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा तालमेल गर्ने नीतिगत निर्णय गरेसँगै जिल्ला-जिल्लामा दलहरुको बैठकले तालमेलको तयारि थालिसकेका छन् ।

प्रकाशित मिति : चैत्र २२, २०७८ मंगलबार  ९ : ५९ बजे