कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार प्रसार समितिमा दुई सदस्य थपिए 



नेपाली कांग्रसको स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार प्रसार समितिमा दुई जना थप भएका छन् ।कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक मंगलबार एक विज्ञप्ति जारी गरि यसबारे जानकारी दिएका हुन् ।

पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको चैत १५ गतेको बैठकको निर्णय अनुसार प्रकाशशरण महतको संयोजकत्वमा गठन भएको उक्त समितिमा सुजाता परियार र त्रिभुवन विश्विद्यालय प्रजातन्त्रवादी कर्ममचारी संघलाई थप गरेको पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : चैत्र २२, २०७८ मंगलबार  ७ : ४९ बजे