सत्तारुढ गठबन्धनको निर्वाचन परिचालन तथा अनुगमन समितिको बैठकले स्थानीय तहमा हुने सहमतिअनुसार अघि बढ्ने निष्कर्ष निकाल्दै पालिकामा कुन दलको उम्मेदवार रहने भन्ने विषय टुंग्याएर सिफारिस गर्न थप समय दिने निर्णय गरेको छ।
आइतबार सहमति गरेर रिपोर्ट पठाउने म्याद थप्ने र आएका रिपोर्टअनुसार अघि बढ्ने निष्कर्ष निकालेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
भोलि बिहान ९ बजे समितिको बैठक फेरि बस्ने र थठबन्धनका तर्फबाट संयुक्त अपिल जारी गरिने पनि उनले जानकारि दिए ।








