नेकपा माओवादी केन्द्रबाट राष्ट्रियसभा सदस्यमा मनोनीत भएका नारायणप्रसाद दाहालले विगतमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भाइ भएका कारण अवसर गुमाउनु परेको दाबि गरेका छन्।
मंगलबार राष्ट्रियसभा सदस्यको शपथग्रहण गरेपछि पत्रकारहरुसँग कुरा गर्दै उनले यसअघि प्रचण्डसँग पारिवारिक नाता जोडिएकै कारण आफूले अवसरहरु गुमाएको भन्दै उनले प्रचण्डका भाइभन्दा पार्टी र देशका लागि दिएको योगदानका आधारमा राष्ट्रियसभामा मनोनीत भएको दाबी गरे ।।
दाहालले जनता र राष्ट्रको समृद्धिको पक्षमा निरन्तर लाग्ने प्रतिबद्धता जनाएका छन् । सरकारको वार्षिक नीति तथा कार्यक्रमसहितको बजेट पनि आउन लागेको भन्दै बजेटमा जनता र राष्ट्र दुवैको समृद्धिका लागि सुझाव दिने दिने बताए ।
दाहाल पुनर्स्थापित संसद्मा माओवादीतर्फबाट डेढ वर्ष सांसद भएका थिए । त्यसपछि भने उनी दोस्रो संविधानसभामा सभासद् थिए ।








