अमेरिकाको ८० अर्ब अनुदान स्विकार्ने सरकारको निर्णय



नेपाल सरकारले अमेरिकाको विकासका सहयोग नियोग (यूएसएआईडी)ले दिने करिब ८० अर्बको अनुदान सहायता स्वीकार गरेको छ ।

सरकारले अमेरिकी सरकारबाट विभिन्न विकास कार्यक्रमको लागि प्राप्त हुने ७९ अर्ब ७१ करोड वैदेशिक अनुदान स्वीकार गर्ने निर्णय गरेको ३० चैत २०७८मा मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सूचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

निर्णय सार्वजनिक गर्दै कार्कीले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने प्रस्ताव आईपुगेको तर निर्णय भईनसकेको पनि जानकारि दिए ।हप्तामा दुई दिन सार्वजनिक बिदा दिने प्रस्ताव छलफलको विषय भएको उनले बताए ।

प्रकाशित मिति : बैशाख २, २०७९ शुक्रबार  १ : ४३ बजे