गभर्नर अधिकारीको रिट सर्वोच्चमा दर्ता, भोलिका लागि पेसी तोकियो



नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दिएको रिट दर्ता भएको छ। दर्तासँगै अधिकारीको रिटका लागि सर्वोच्चले मंगलबारका लागि पेसी तोकेको छ । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले दर्ता प्रक्रिया पूरा भएको र पेसी भोलिलाई तोकिएको बताए।

सरकारले आफूलाई गरेको निलम्बन कानुनविपरीत भएको भन्दै गभर्नर अधिकारीले आइतबार रिट दायर गरेका थिए।

गत चैत २५ गते सरकारले अधिकारीलाई गभर्नर पदबाट निलम्बन गरेपछि यसविरूद्ध उनी सर्वोच्च अदालत गएका हुन्। अधिकारीले आफूमाथि गरिएको कारबाही बदर गरी गभर्नरको जिम्मेवारीमा फर्किन अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका छन्।

सरकारले गभर्नरमाथि गत चैत २५ मा छानबिन समिति गठन गरेपछि अधिकारी गभर्नरबाट निलम्बित भएका थिए ।

प्रकाशित मिति : बैशाख ५, २०७९ सोमबार  १२ : ५७ बजे