२०७९ जेष्ठ ११ बुधबार

दुई दर्जन बढी ठाउँमा मतदान प्रभावित, १२ ठाउँमा हवाइ फायर

दुई दर्जन बढी ठाउँमा मतदान प्रभावित, १२ ठाउँमा हवाइ फायर


  • 45
    SHARES
    • न्यू सञ्चार
    • शुक्रबार, बैशाख ३० २०७९
    • काठमाडौँ

    स्थानीय तह निर्वाचन देशभर शान्तिपूर्ण रूपमा चलिरहेको छ । २ बजेसम्म देशभरबाट ४१ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

    त्यो अवधिसम्ममा विभिन्न जिल्लामा ३० भन्दा बढी ठाउँमा मतदान प्रभावित भएको छ । दुई पक्षबीच झडप, विवादका कारण ति क्षेत्रको मतदान प्रभावित भएको हो ।
    झडपको स्थिति नियन्त्रणमा लिनलाई प्रहरीले १२ ठाउँमा हवाइ फायर गरेको छ ।

    नेपाल प्रहरीका प्रवक्ता एसएसपी विष्णुकुमार केसीले ३० भन्दा बढी ठाउँमा मतदान प्रभावित भएको बताए । प्रभावित भएका क्षेत्रमा पुनः मतदान गराउन पहल भईरहेको उनको भनाइ छ ।

    छिटफुट घटनाबाहेक मतदान शान्तिपूर्वक भइरहेको उनको भनाइ छ । दोलखा, रामेछाप, सर्लाही, पर्वत, हुम्ला, बाजुरा, दार्जुला, ओखलढुंगा, बारा, पर्सा, गोरखा, दैलेख लगायतका जिल्लाका विभिन्न मतदान केन्द्रमा मतदान प्रभावित भएको प्रवक्ता केसीले बताए ।

    झडपपछि स्थिति नियन्त्रणमा लिनलाई हवाइ फायर गर्नुपरेको उनको भनाइ छ । केही स्थानमा भने सेनाले स्थिति नियन्त्रणमा लिएको छ । केही स्थानमा भने रोकिएको मतदान पुनः सञ्चालन भइसकेको छ ।

    केही ठाउँमा रोकिएको मतदान पुनः सुचारू गर्ने विषयमा सर्वदलीय बैठकमा छलफल भइरहेको छ ।

    शुक्रबार, बैशाख ३० २०७९
    थप समाचार र अन्य विविध जानकारीका लागि हाम्रो फेसबुक र ट्वीटरमा जोडिन

    © 2022 नेपालको संचार – newsanchar.com All right reserved  | Site By : SobizTrend Technology