मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१४ जिल्लाका ४४ केन्द्रमा मतदान स्थगित, अर्को मितिमा पुनः मतदान हुने, ६४ प्रतिशत मतदान



निर्वाचन आयोगले १४ जिल्लाका ४४ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको जनाएको छ । दलहरुको आपसी विवाद र झडपका कारण १४ जिल्लाका १७ वटा स्थानीय तहका २८ वटा मतदान स्थलका ४४ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।

राजनीतिक दल तथा उम्मेदवारका बीचमा भएको आपसी विवाद, अत्यनते सानातिना विषयमा पनि विवाद झागिंदै जाने र अन्त्यमा त्यसले उग्र रुप लिदा ति ठाउँमा मतदान स्थगित गरिएको उनको भनाइ छ ।

झडपको अवस्था आएपछि केही स्थानमा प्रहरीद्वारा बल प्रयोग गर्नुपर्ने अवस्था आएको उनको भनाई छ । आज मौसम खराबीका कारण पनि केही स्थानीय तहमा ठूलो वर्षातका कारणले सबै मतदाताले सहभागी हुन नसकेको स्थितिकाबीच सम्बन्धित निर्वाचन अधिकृतले मतदान स्थगन गरेको उनको भनाई छ ।

स्थगन गरिएको स्थानमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय र आयोगसँग समन्वय गरेर त्यहाँको वस्तुस्थिति समेतको आधारमा छिट्टै पुनः मतदानको प्रक्रिया अघि बढाइने प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए ।

प्रकृतिको अप्ठ्यारोको कारण केही हिमाली जिल्लाहरु, दुर्गम जिल्लाहरु, आवागमनमा अप्ठ्यारो भएका जिल्लाहरुमा हेलिकोप्टरको माध्यमबाट भोलि ने मतपेटिकाहरु ओसार्नेगरी आवश्यक व्यवस्था मिलाइएको उनको भनाइ छ ।

आयोगले दुई ठाउँबाट निर्वाचनको अनुगमन गरेको थियो । नियोगद्वारा सञ्चालित कल सेन्टर र निर्वाचन आयोगमा पहिलादेखि नै स्थापना भएको संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त विवरणको आधारमा ६४ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान उनले गरे ।

निर्वाचन आयोगले अपेक्षा गरेअनुसार मतदान नभएको उनको भनाइ छ । विभिन्न कारणले गर्दा अपेक्षाअनुसार मतदान नभएको उनको भनाइ छ ।

अत्यन्तै सहज पहुँच र सुविधा रहेको काठमाडौं महानगरमा पनि करिब ५२ प्रतिशत मतदान भएको देखिएको छ । भने अन्य क्षेत्रमा पनि यसकै हाराहारीमा मतदान भएको देखिएको उनको भनाइ छ ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ९ : ४७ बजे