मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मनाङको चामे गाउँपालिका ५ को वडाध्यमा गोलाप्रथाबाट एमालेका कैले गुरुङ बिजयी



लमजुङ, ३१ वैशाख  । मनाङको चामे गाउँपालिका वडा नम्बर ५ को वडाअध्यक्षमा गोलाप्रथाबाट एमालेका कैले गुरुङ विजयी भएका छन् । शुक्रबार रातिको मतपरिणाम अनुसार एमालेका उम्मेदवार गुरुङ र कांग्रेस उम्मेदवार फुर्पा छिरिङ लामाले बराबर ३०-३० मत ल्याएका थिए । दुवैजनाको सल्लाहमा गोलाप्रथा गर्दा कैले गुरुङ वडाअध्यक्षमा विजयी भएका हुन  ।

गुरुङ यसअघि पनि चामे गाउँपालिका ५ का वडाअध्यक्ष थिए । उक्त वडामै खुला सदस्यमा नेकपा एमालेका समिरा गुरुङ र नेपाली कांग्रेसका सेराव विष्टको बराबर २८-२८ मत खसेको थियो । दुवैजनाको सहमतिमा गोलाप्रथा गर्दा एमालेका समिरा विजयी भएका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ८ : १८ बजे