मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

६ महानगरमा मतगणना जारी : कहाँ कसको अग्रता ?



काठमाडौं महानगरपालिकामा स्वतन्त्र उमेदवार बालेन शाहको अग्रता कायमै छ । उनले अहिलेसम्म १५ सय भन्दा बढी मत प्राप्त गरेका छन् ।

उनलाई नेकपा एमालेका उमेदवार केशव स्थापितले पछ्याएका छन् । उनले अहिलेसम्म जम्मा करिब ९ सय मत प्राप्त गरेका छन् भने तेस्रोमा कांग्रेसकी सिर्जना सिंह छन् । सिर्जना सिंहले सात सय बढी मत प्राप्त गरेकी छन् ।

त्यसैगरी चितवन भरतपुरमा रेनु दाहालको अग्रता कायमै छ । नेकपा माओवादी केन्द्रको तर्फबाट प्रमुखकी उम्मेदवार रेनु दाहालले अग्रता बनाएकी हुन् । पछिल्लो मत परिणामअनुसार दाहालले करिब ६ सय मतका साथ अग्रता बनाएकी छन् ।

त्यस्तै नेकपा एमालेका तर्फबाट प्रमुखका प्रत्याशी विजय सुवेदीले करिब साढे पाँच सय मत प्राप्त गरी दाहाललाई पछ्याइरहेका छन् भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले झण्डै दुई सय मत प्राप्त गरेका छन् ।

त्यसैगरी ललितपुर महानगरपालिकामा मतगणना जारी छ । सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेदवार चिरिबाबु महर्जनले ७ सय बढी मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी नेकपा (एमाले)का उमेदवार हरिकृष्ण व्यञ्जनकारले तीन सय बढी मत प्राप्त गरेका छन् ।

यस्तै पोखरा महानगरपालिकामा नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले झिनो अन्तरको अग्रता कायम राखेका छन् । आचार्यले झण्डै डेढ सय मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले १ सय बढी मत पाएका छन् ।

वीरगञ्ज महानगरपालिकाको प्रारम्भिक मतगणनाअनुसार प्रमुख पदमा पाँच दलीय सत्ता गठबन्धनका उम्मेदवार राजेशमान सिंहले सुरुआती अग्रता कायम गरेका छन् । यसैगरी नेकपा एमालेका उम्मेदवार विजयकुमार सरावगी उनीसँग प्रतिस्पर्धामा छन् ।

विराटनगर महानगरपालिकाको प्रमुख पदका लागि कांग्रेसका उम्मेदवार नागेश कोइरालाले अग्रता कायमै राखेका छन् । उनलाई एमालेका तर्फबाट मेयरका उम्मेद्वार सागर थापाले पछ्याइरहेका छन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ९ : २९ बजे