मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुख चीनमा, उइगुर क्षेत्रको समेत भ्रमण गर्ने



संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्त मिशेल बाचेलेट सोमबार चीन आइपुगेको चीनको विदेश मन्त्रालयका प्रवक्ताले बताएका छन्।

चीनको भ्रमणका क्रममा चीनका नेता तथा सम्बन्धित विभागका प्रमुखहरूले बाचेलेटसँग भेटघाट गर्ने कार्यक्रम तय भएको प्रवक्ता वाङ वेनबिनले दैनिक पत्रकार सम्मेलनमा जनाकारि दिएका छन्।

ब्याचेलेटले दक्षिण चीनको ग्वाङ्डोङ प्रान्त र उत्तरपश्चिम चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रको समेत भ्रमण गर्ने र समाजका सबै क्षेत्रका मानिसहरूसँग विचार आदानप्रदान गर्ने उनले बताए।

बाचेलेटको भ्रमणले दुई पक्षबीचको विचार आदान(प्रदान र सहयोगलाई थप प्रवर्द्धन गर्ने र अन्तरराष्ट्रिय मानवअधिकारका मुद्दालाई अगाडि बढाउन सक्रिय भूमिका खेल्ने चीनको आशा रहेको वाङले उल्लेख गरे।

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  ८ : ४७ बजे