बुढीगण्डकी जलविद्युत् आयोजना नेपालकै लगानीमा निर्माण गरिने 



 बुढीगण्डकी जलविद्युत् आयोजना  नेपालकै लगानीमा निर्माण गरिने भएको छ ।

संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालकै लगानीमा बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण गरिने जानकारी दिएकी हुन् ।

सरकारले १२ सय मेगावट बुढीगण्डकी जलविद्युत् आयोजना नेपालकै लगानीमा निर्माण गर्ने भएको हो ।

साथै पश्चिम सेती, तल्लो अरुण र सेती रिभर–६ को निर्माण कार्य पनि आगामी आर्थिक वर्षबाटै सुरु गरिने राष्ट्रपति भण्डारीले जानकारी दिइन् ।

प्रकाशित मिति : जेष्ठ १०, २०७९ मंगलबार  ६ : १२ बजे